RayNewsDaily
रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही    
सगरमाथा आधार शिविर । फाइल तस्वीर

काठमाडौँ । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ । विभागका शाखा अधिकृत प्रकाश पोखरेलले आज सूचना जारी गरी सगरमाथा आधार शिविरका ‘एक्सपीडिसन क्याम्प’मा रातभर बस्ने गरी ‘प्याकेज’सहित विज्ञापन गरेको गुनासो प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।     
     
विभागले पर्वतारोहणसम्बन्धी नियामावली २०५९को दफा ९(ड)मा सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थाअन्तर्गत पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइँमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक विभागको पूर्वस्वीकृति बेगरका अन्य व्यक्तिलाई आधार शिवरमा राख नदिने व्यवस्था रहेको बताएको छ ।     
     
शाखा अधिकृत पोखरेलले पर्वतारोहणसम्बन्धी नियामावलीको कानुनी व्यवस्थाका प्रावधान बमोजिम कार्य गर्न गराउन अनुरोध गर्नुभएको छ । पर्यटन विभागले कोही कसैबाट कानुनी व्यवस्था विपरीतकार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update