RayNewsDaily
भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै   

काठमाण्डू । आज भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो यो दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ आज पहिलोपटक मनाइँदै     

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२५ अप्रिलमा प्रत्येक वर्ष अप्रिल २९ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको हो सोहीअनुरूप राष्ट्रसङ्घका सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय तथा सम्बन्धित अन्तरराष्ट्रिय सङ्ठनहरूलाई यसको स्मरणमा सहकार्य गर्न आह्वान गरेको     
    
प्राकृतिक विपत्तिमध्ये भूकम्पलाई सबैभन्दा घातक मानिन्छ म्यान्मा अफगानिस्तानमा पछिल्लो समयका शक्तिशाली भूकम्पले पूर्वाधार ध्वस्त पार्नुका साथै समुदायलाई विस्थापित गरेको यसबाट ती देशको दीर्घकालीन सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर पारेको     
    
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९०० यता कम्तीमा १२ वटा ठूला भूकम्पले प्रत्येकमा ५० हजारभन्दा बढीको ज्यान लिएको विश्वव्यापी विपद् क्षतिमध्ये एक चौथाइभन्दा बढी हिस्सा भूकम्पजन्य क्षतिले ओगट्ने गरेको पछिल्ला दशकहरूमा खर्बौँ डलर बराबरको आर्थिक नोक्सानी भएको     
    
 राससका अनुसार प्रत्यक्ष विनाशबाहेक भूकम्पले आगलागी, सुनामी पहिरो जस्ता थप जोखिमसमेत उत्पन्न गराई आवास, स्वास्थ्य, शिक्षा जीविकोपार्जनमा अकल्पनीय क्षति पुर्याएको     तस्बिर सौजन्य : संयुक्त राष्ट्रसङ्घ    

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update