RayNewsDaily
प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ उत्साहका साथ मनाइयो, सूजन बाग श्रेष्ठले चौथो पटक छेडे जिब्रो

भक्तपुर। भक्तपुरको मध्यपुरथिमि नगरपालिका-८ बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ उत्साहका साथ मनाइएको छ । यस वर्ष स्थानीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुख्र्यौली परम्परालाई निरन्तरता दिएका छन् ।

चैत मसान्तमा शुरु हुने बिस्केट जात्राको विशेष आकर्षणको रूपमा रहेको यो जात्रा हेर्न हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ । जात्राको क्रममा सुजनले करिव १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गरेका थिए । जिब्रो छेड्नु अघि उनले स्थानीय देवीदेवताको पूजा अर्चना गरेका थिए । जिब्रो छेडिसकेपछि उनले काँधमा ‘महाद्वीप’ बोकेर बोडे नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । यो जात्राको आफ्नै ऐतिहासिक र धार्मिक महत्व रहेको छ।  

1776247784-mMWfM-1776249675.jpg
किम्वदन्तीअनुसार बोडेमा दुःख दिने नीलबाराहीका गणलाई परास्त गरी जिब्रो छेडेर नगर परिक्रमा गराइएको सम्झनामा यो जात्रा मनाउन थालिएको विश्वास गरिन्छ । जात्रा सम्पन्न भएपछि जिब्रोबाट सुइरो निकालिन्छ र त्यहाँको माटो लगाइन्छ, जसले घाउ निको हुने जनविश्वास छ ।

1776247782-mhkht-1776249672.jpg

1776247783-vHPBz-1776249674.jpg

1776247784-ytX6s-1776249676.jpg

1776247781-hfzer-1776249676.jpg

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update