RayNewsDaily
वरिष्ठ वामपन्थी नेता मानन्धरको ‘सङ्घर्षका पानाहरू’ पुस्तक सार्वजनिक

रे समाचार/काठमाडौँ । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘सङ्घर्षका पानाहरू’ पुस्तक सार्वजनिक भएको छ । सो पुस्तकको शनिबार एक समारोहका बीच विमोचन गरिएको हो । 

पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत नीलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताउनुभयो । मानन्धर सम्पन्न परिवारको व्यक्ति भए पनि एकदमै सादगी र सरल जीवनशैलीमा उहाँको जीवन बितेको आचार्यको भनाइ छ । उहाँले स्वच्छ छवि र सरल जीवनशैलीको रूपमा मानन्धरलाई सम्झिनुभयो । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको  चर्ता आचार्यले गर्नुभयो । 

कार्यक्रममा राजनीतिक बिश्लेषक डा. सुरेन्द्र के सी र हरि रोक्काले बिमोचित पुस्तक र बाम आन्दोलनको समीक्षा गर्नु भएको थियोे । साथै कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, पूर्व मन्त्री तथा स्वर्गीय बिष्णु बहादुर मानन्धरका राजनीतिक सहयात्रीहरु, गणेश शाह, ठाकुर शर्मा, चन्द्रदेब जोशी, उहाँका छोरा सुनील मानधर, छोरी शान्ति मानन्धरले आफ्ना सस्मरणहरु सुनाउनु भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update