रे समाचार/काठमाडौं । विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ ।
सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गर्नुभयो । २)३१ सालमा प्रा।डा।वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा सर्वप्रथम विद्यावारिधि गर्नुभएको थियो । उहाँकै प्राज्ञिक नेतृत्वमा यो सम्मेलन हुँदै छ ।
यस सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ ।
नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्चशिक्षाका कतिपय अनिर्णीत रहेका समेत सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको कुलपति इन्दिरा प्रसाईले जनाउनु भयो ।

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषासाहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका तेह्रवटा विश्वविद्यालय र नेपालका छवटा विश्वविद्यालयका दस्तावेज प्रस्तुत गरिने छन् ।
सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गर्नुभयो ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको प्रथम दिनको समारोहमा महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठी, प्रा।डा।चूडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा।डा।दिवाकर प्रधान, प्रा।डा।कविता लामा, सल्लाहकार प्रा।केशव सुवेदी, सम्मेलनका संयोजक प्रा।डा।महादेव अवस्थी, सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने पच्चिस जना प्रतिनिधि प्राज्ञहरूले आआफ्नो मन्तव्य प्रकट गर्नु भएको थियो ।
