RayNewsDaily
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ   

इनरुवा (सुनसरी) । कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् ।    
    
 जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो ।    
    
 मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शङ्का लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो । रासस    
  

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update