RayNewsDaily
 काठमाण्डूका विभिन्न स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने   

काठमाण्डू । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डूका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।    
    
 प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।    
    
 सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । रासस     
 

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update