RayNewsDaily
स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित   

महेन्द्रनगर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन्     
    
सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला बालबालिकाले सेवा लिनुभएको थियो     
    
शिविरमा आँखा, स्त्रीरोग, दन्तरोगलगायत विभिन्न रोगको परीक्षण गरिएको थियो आँखासम्बन्धी समस्याका २९४ महिला १९१ पुरुष, स्त्रीरोगसम्बन्धी उपचार सेवा ७२ जनाले लिएका थिए     
    
निमित्त बाहिनीपति दिग्विजय सुवेदीले सीमा सुरक्षाका साथै शान्ति सुव्यवस्था कायम गर्ने दायित्वका साथ समाजसेवा गर्नु पनि आफूहरुको दायित्व भएकाले शिविर सञ्चालन गरिएको बताउनुभयो  रासस    

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update