चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
