RayNewsDaily
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना   

काठमाण्डू । नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको यसको प्रभाव रहदा देशका पहाडी हिमाली भूभागमा साधारणतया बादल लागेको भने बाँकी भूभागमा आंशिक बादल लागेको     
    
गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको     
    
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ कोशी, बागमती गण्डकी प्रदेशका पहाडी हिमाली भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभाग, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना     
    
त्यसैगरी आज राति लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ कोशी, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको  रासस   
  

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update