RayNewsDaily
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना   

काठमाण्डू ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको हाल देशभर साधारणतया बादल लागेको कोशी बागमती प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको     
    
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ देशका पहाडी हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना     
    
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी कर्णाली प्रदेशका पहाडी हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको मशाखाले जनाएको     
    
देशका पहाडी हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको  रासस   

 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update