RayNewsDaily
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना   

काठमाण्डू । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको देशभर अधिकांश बादल लागेको हाल गण्डकी बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी हिमाली भूभागका थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको     
    
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ कोशी, मधेश, बागमती गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको     
    
आज राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी हिमाली भूभाग साथै लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ महाशाखाका अनुसार कोशी गण्डकी प्रदेशका पहाडी हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको   रासस  

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update