रे समाचार/काठमाण्डू । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नेपालको अग्रणी उत्पादन तथा निर्यात कम्पनी मनराम ग्रुपले विभिन्न व्यवसायिक इकाइहरूमा नयाँ नेतृत्व नियुक्त गरेको घोषणा गरेको छ। यस कदमले नवप्रवर्तन, विश्वव्यापी विस्तार र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
प्राप्त समाचार अनुसार प्रदीक्षा शर्मा लाई मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रा। लि। को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ भने
सागर केसीलाई मनराम फाम प्रा। लि। को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ।
यी रणनीतिक नियुक्तिहरूले कम्पनीले अन्तारिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तारलाई तीव्र बनाउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सन् २००३ मा स्थापना भएको मनराम ग्रुपले परम्परागत नेपाली उत्पादनहरू जस्तै छुर्पी ९कुकुरका लागि च्यु० र हस्तकलाका सामग्रीहरू संयुक्त राज्य अमेरिकामा निर्यात गरेर यात्रा सुरु गरेको थियो। समयसँगै कम्पनीले कृषि, डेरी, पेट उत्पादन, खाद्य सेवा तथा उत्पादन क्षेत्रलगायत विभिन्न क्षेत्रमा उपस्थिति विस्तार गर्दै आएको छ। हाल ग्रुपमा ४५० जना भन्दा बढी कर्मचारीहरू कार्यरत छन् र यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
गुणस्तर, नैतिक व्यावसायिक अभ्यास र नवप्रवर्तनप्रति प्रतिबद्ध मनराम ग्रुपले स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै विशेष गरी महिला सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएको छ।
नियुक्तिका सम्बन्धमा मनराम ग्रुपका अध्यक्ष सुमन श्रेष्ठ ले भन्नुभयो, “यी नेतृत्व परिवर्तनहरूले हाम्रो दीर्घकालीन रणनीतिलाई अझ मजबुत बनाउनेछ। नयाँ नेतृत्वले नवप्रवर्तन, कार्यक्षमता र अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं।”
व्यावसायिक सफलतासँगै, मनराम ग्रुप सामाजिक उत्तरदायित्वप्रति पनि प्रतिबद्ध रहँदै आएको छ। मनराम फाउन्डेसनमार्फत कम्पनीले नेपालभर शिक्षा क्षेत्रमा विभिन्न पहलहरू-जस्तै पुस्तकालय स्थापना र छात्रवृत्ति कार्यक्रम-समर्थन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर विस्तार र विविध उत्पादन पोर्टफोलियोका साथ मनराम ग्रुपले नेपालको निर्यात क्षेत्रलाई सुदृढ बनाउँदै राष्ट्रिय व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ, साथै नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने दिशामा रहेको छ।
