RayNewsDaily
आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना     

काठमाण्डू । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको हाल कोशी, मधेस लुम्बिनी प्रदेशलगायत देशका पहाडी हिमाली भागमा साधारणतया बादल लागेको भने बाँकी भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपात भइरहेको     
    
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी हिमाली भेगमा साधारणतया बादल लाग्नेछ तराई भूभागमा आंशिक बादल लाग्नेछ कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी हिमाली भूभागका केही स्थानका साथै कोशी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना     
    
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम सफा रहनेछ कोशी, गण्डकी कर्णाली प्रदेशका पहाडी हिमाली भूभागका केही स्थान तथा बाँकी हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको  रासस   
     
  

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update