RayNewsDaily
आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना   

काठमाण्डू । पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव साथै कोशी, मधेस बागमती प्रदेशलगायतका पहाडी हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको कोशी मधेस प्रदेशका केही स्थान तथा बागमती गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हिमपात भइरहेको     
    
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ तराई भूभागमा आंशिक बादल लाग्नेछ देशका पहाडी हिमाली भूभागका केही स्थान तथा कोशी लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना     
    
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ कोशी गण्डकी प्रदेशका पहाडी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना  रासस   

  

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update