RayNewsDaily
 रे टेलिभिजनद्वारा आम निर्वाचन, २०८२ को रिपोर्टिङ पुनरावलोकन तथा वनभोज कार्यक्रम सम्पन्न

रे समाचार/काठमाण्डू । काठमाण्डू टोखास्थित रे टेलिभिजन एचडीले गत फागुन २१ गते सम्पन्न आम निर्वाचन, २०८२ को रिपोर्टिङ पुनरावलोकन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । 

1-1773909983.jpg
टोखास्थित चन्देश्वरी रिसोर्टमा आयोजित सो कार्यक्रममा बोल्नुहुँदै रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले मुलुकमा विद्यमान राजनीति संकटको समाधानका लागि गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमार्फत प्राप्त जनादेशले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

5-1773910051.jpg
अध्यक्ष पौडेलले सो निर्वाचनका क्रममा उच्च मनोवलका साथ रे टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुले अहोरात्र काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आधुनिक प्रविधिको विकासले सञ्चार क्षेत्रका काम कारवाहीलाई सहज बनाएको भए पनि त्यसले विभिन्न किसिमका समस्या र चुनौती समेत निम्त्याएको बताउनुहुँदै अध्यक्ष पौडेलले त्यस विषयमा पनि सञ्चारकर्मीहरु सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

रे टेलिभिजनले स्थापनाकालदेखिनै देश र जनताका पक्षमा निष्पक्ष रुपमा काम गरिरहेको जानकारी पनि अध्यक्ष पौडेलले दिनुभयो । कार्यक्रममा अध्यक्ष पौडेलले निर्वाचनको समयमा सक्रिय रहनु भएका सञ्चारकर्मी र कर्मचारीहरुलाई पुरस्कृत समेत गर्नुभयो । 

7-1773910097.jpg
6-1773910163.jpg
649859091_894082670287222_7088678114347107761_n-1773910249.jpg
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update