RayNewsDaily
६५ वटा विद्यालयका विद्यार्थीले सिर्जना गरेका कलाकृति प्रदर्शनीमा

रे समाचार/काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको हलमा जारी रहेको प्रदर्शनीमा काठमाडौं उपत्यकाका ६५ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले सिर्जना गरेका कोलाज आर्ट, पेन्टिङ, टोट ब्याग (नेपाली उत्पादन) पेन्टिङ तथा हस्तकलाका रामग्रीहरू राखिएका छन् । प्रदर्शनीमा राखिएका रामग्रीहरू बिक्री पनि गरिने आयोजकले जनाएको छ ।

WhatsApp-Image-2026-03-11-at-19.40.20-1024x682-1773312989.webp
विद्यार्थीहरुमा भएको कला र हस्तकला क्षमतालाई अभिवृद्धि गर्न पिडिलाइट इन्डस्ट्रिज लिमिटेडले यो प्रदर्शनीको आयोजना गरेको हो । पहिलो चरणमा उपत्काका विभिन्न ६५ वटा विद्यालयका १० हजार जना विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएकोमा छनौट भएका ५ सय ८५ वटा सामग्री प्रदर्शनीमा राखिएको जनाइएको छ ।

गत मंगलबारदेखि जारी रहेको प्रदर्शनी शनिबारसम्म चल्ने जानकारी आयोजकले दिएको छ । आयोजक पिडिलाइट इन्डस्ट्रिज लिमिटेडले स्कुलका लागि आवश्यक कला र स्टेशनरी सामग्रीका साथै फेविकल एमआर, एक्रोन पोस्टर कलर, फेविक्रिल एक्रेलिक कलर जस्ता सामग्री उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update