RayNewsDaily
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना   

काठमाण्डू । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८२ हजार ९८४ मत गणना भएको छ ।    
    
निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गरेको छ ।    
    
यस्तै, नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ५१ हजार २५६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९२ हजार ४१० , श्रम संस्कृति पार्टीले दुई लाख ९२ हजार ६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७७ हजार १३ मत प्राप्त गरेको छ । मतगणना जारी छ । रासस   
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update