RayNewsDaily
हर्क साम्पाङ सुनसरी एकबाट निर्वाचित हुँदै

रे समाचार/सुनसरी । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा सुनसरी क्षेत्र नम्वर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज साम्पाङ राई विजयी हुने निश्चित भएको छ ।

पछिल्लो मत गणना अनुसार राई ३१ हजार ७ सय ६ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १६ हजार ९ सय ५२ मत प्राप्त गर्नु भएको छ । तामाङ राई भन्दा १४ हजार ७ सय ५४ मतले पछि हुनुहुन्छ ।

राई र तामाङकाबीचमा देखिएको हजारौंको मत अन्तरले अन्तत हर्कराज राई प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने वलियो आधार स्थापित भएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update