RayNewsDaily
भोजपुर-१ मा श्रम संस्कृति पार्टीको अग्रता

रे  समाचार/भोजपुर । निरन्तर चलिरहेको मतगणना अनुसार भोजपुर निर्वाचन क्षेत्र नम्वर १ मा श्रम संस्कृति पार्टी अग्रस्थानमा रहेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुर क्षेत्र नं १ मा मतगणना जारी रहेको छ । श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई हाल अग्रस्थानमा रहनु भएको छ । उहाँले ९ हजार २४ मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार शेरधन राई भन्दा १,७३७ मतले अगाडि हुनुहुन्छ ।

त्यसैगरी खोटाङ र सुनसरी १ मा पनि श्रम संस्कृति पार्टीको अग्रता कायमै रहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update