RayNewsDaily
मोरङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी

रे समाचार/विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनु भएको छ ।

सो क्षेत्रको अन्तिम मत परिणाम अनुसार न्यौपाने २७ हजार ३ सय ६७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ती पाख्रिन लामाले १७ हजार ५ सय २२ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update