RayNewsDaily
बालेन्द्र साह ६८ हजार ३ सय ४८ मतसहित झापा ५ बाट निर्वाचित

रे समाचार/झापा । प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह अत्याधिक मतका साथ निर्वाचित हुनुभएको छ । 

अन्तिम मतपरिणाम अनुसार, उहाँले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७ सय २४ मत प्राप्त गर्नुभएको छ । 

काठमाण्डू महानगरका पूर्वमेयर बालेन्द्र साहले उम्मेदवारी दिएसँगै झापा ५ स्वदेश तथा विदेशका लागि समेत चर्चाको क्षेत्र भएको थियो । यस निर्वाचनमा साहको जीतले अध्यक्ष ओली र उहाँको पार्टी नेकपा एमालेलाई समेत अत्यन्त कमजोर बनाएको छ भने ओलीको राजनीतिक भविष्य पनि असहज भएको राजनीतिक क्षेत्रका विज्ञहरुको धारणा रहेको छ । 


 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update