राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित
रे समाचार/काठमाण्डू । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित हुनु भएको छ ।
शाही १४हजार ८ सय १६ मत प्राप्त गर्दै जुम्लाबाट निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६ सय ३६ मत प्राप्त गर्नुभएको छ । शाहीले ३ हजार १ सय ८१ मतान्तरले भण्डारीलाई हराउनु भएको हो । शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
शाहीको जीतसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयीको खाता खोल्न सफल भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
