RayNewsDaily
बझाङमा एमालेका उम्मेदवार महर विजयी   

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महर विजयी हुनुभएको छ ।    
    
कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी हुनुभएको हो । कूल ५७ हजार ९९४ मत खसेका मा महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गर्नुभयो ।    
    
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।    
     
त्यस्तै नेकपा माओवादीका उम्मेदवार भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत बनेपालीले बताउनुभयो । रासस   
 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update