RayNewsDaily
काठमाण्डू-३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी   

रे समाचार/काठमाण्डू । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाण्डू क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो ।    
    
 त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त भएको छ । काठमाण्डू महानगरका पूर्वप्रहरी प्रमुख पाण्डेले स्नात्तकोत्तर गर्नुभएको छ । उहाँको ३० वर्षभन्दा बढी सार्वजनिक सेवा, सुरक्षा र प्रशासनिक व्यवस्थापनमा अनुभव रहेको छ ।    

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update