RayNewsDaily
मोरङ-४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीको फराकिलो मतको अन्तर बढ्दो

रे समाचार/विराटनगर । प्रतिनिधि सभाको हिजो सम्पन्न मतदानको पछिल्लो मत परिणाम अनुसार मोरङ निर्वाचन क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी फराकिलो मतको अन्तरले अघि बढिरहनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले १८ हजार ३० मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री अमनलाल मोदीले पछ्याउने प्रयास गरिरहनु भएको छ । मोदीले ८ हजार ६४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार तथा महामन्त्री गुरुराज घिमिरेले ६ हजार ३ सय २८ मत प्राप्त गर्नुभएको छ ।

जनता नमूना मा.वि. शंकरपुरमा मतगणना भैरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update