RayNewsDaily
मोरङ-६ मा रास्वपाका उम्मेदवार रुबिना आचार्य विजय नजिक

रे  समाचार/विराटनगर । प्रतिनिधि सभाको हिजो सम्पन्न मतदानको पछिल्लो मत परिणाम अनुसार  मोरङ ६ मा रास्वपाका उम्मेदवार रुबिना आचार्य विजय नजिक पुग्नु भएको छ । निर्वाचन आयोगका अनुसार उहाँले २२ हजार ४ सय ५ मत प्राप्त गर्नुभएको छ । 

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरलाले पछ्याउने प्रयास गरिरहनु भएको छ । तर आचार्यको भन्दा कोइरालाको मत १७ हजार १ सय २८ ले कम छ । कोइरालाले ५ हजार २ सय ७७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ३ हजार ९ सय ६८ मत प्राप्त गर्नुभएको छ । 

आर्दश माध्यमिक विद्यालयमा भैरहेको मतगणनाको जानकारी लिन यत्तिवेला पनि बाक्लो संख्यामा सर्वसाधारणको उपस्थिती रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update