RayNewsDaily
 झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता    

भद्रपुर (झापा) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।     
     
निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गर्नुभएको छ ।     
     
यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद ढकालले एक हजार ७७५ मतसहित अग्रता लिनुभएको छ भने उहाँलाई नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याउँदै हुनुहुन्छ ।     
     
यसैगरी क्षेत्र नं ३ मा प्रकाश पाठकले दुई हजार २८१ मतसहित सुरुआती अग्रता लिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६१० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।     
     
क्षेत्र नं २ मा इन्दिरा रानामगरले चार हजार ५८० मतसहित सुरुआती अग्रता लिनुभएको छ भने नेकपा (एमाले)का देवराज घिमिरे ७१६ मतसहित प्राप्त गर्नुभएको छ । यस्तै क्षेत्र नं १ मा निशा डाँगीले तीन हजार १७० मतसहित अग्रता लिनुभएको छ । उहाँलाई श्रम संस्कृति पार्टीका केबल राईले एक हजार ३२० मतसहित पछ्याउँदै हुनुहुन्छ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update