काठमाण्डू-१ बाट रास्वपाका रञ्जु न्यौपाने विजयी
रे समाचार/काठमाण्डू । काठमाण्डू निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु न्यौपानेले १५ हजार ४ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । न्यौपानेको जीतसँगै रास्वपाले विजयको खाता खोलेको हो ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
