१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान
दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका-३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गर्नुभएको छ ।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गर्नुभएको हो । मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
