RayNewsDaily
चुनावी रिपोटिङका लागि रे टेलिभिजनको टोली पूर्वी नेपालमा
संविधान सभाका सदस्य तथा नेकपा एमालेका नेता दीपक कार्कीसँग गौरादहमा

रे समाचार/विर्तामोड । प्रतिनिधी सभाको यहि फागुन २१ गते सम्पन्न हुने निर्वाचनको रिपोटिङका लागि रे टेलिभिजनको टोली पूर्वी नेपाल पुगेको छ । 

WeChat-Image_20260218211145-1771429158.jpg
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङसँग दमकमा

अध्यक्ष प्रकाशबाबु पौडेलको नेतृत्वमा झापा पुगेको सो टोलीमा स्टेशन म्यानेजर रोशन केसी, प्रशासन प्रमुख सन्तोष सापकोटा, पूर्वी नेपाल व्यूरो प्रमुख रमेश हतुवाली र क्यामेरा पर्सन शुभम मानसिंह प्रधान हुनुहुन्छ । सोही टोलीमा क्यापिटल मिडिया ग्रुपका अध्यक्ष तथा क्यापिटल टेलिभिजनका अध्यक्ष सुशिल राउत र क्यामेरा पर्सन प्रज्वल केसी पनि सहभागी हुनुहुन्छ । 

IMG_20260218_101659-1771429405.jpgसीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व उपाध्यक्ष तथा चीन मामिला जानकार काजिराज गौतमसँग कानेपोखरीमा

सुनसरी जिल्लाको बराहक्षेत्र, इटहरी मोरङको विराटचोक, बेलबारी र उर्लाबारी हुँदै सो टोली झापा जिल्लाको दमक हुँदै विर्तामोड पुगेको हो । गौरादहमा चुनावी रिपोटिङका क्रममा पुगेको सो टोलीले संविधान सभाका सदस्य तथा नेकपा एमालेका नेता दीपक कार्कीसँग विशेष कुराकानी गरेको थियो । कुराकानीका क्रममा नेता कार्कीले मुलुकमा विद्यमान राजनीतिक संकटको निकासका लागि प्रतिनिधी सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोडदिनु भयो । नेता कार्कीले प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भए पश्चात गठन हुने प्रतिनिधी सभाले मुलुकमा विद्यमान जटिल समस्याहरुको समाधानका लागि संविधानमा विद्यमान प्रावधानबारे गम्भिर छलफल गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकलाई अस्थिर राजनीतिबाट स्थिरतातर्फ डोर्याउन र भ्रष्टाचाररहित शासन सञ्चालन गर्न नेकपा एमालेले बहुमतको सरकार बनाउनु आजको आवश्यकता भएको धारणा समेत व्यक्त गर्नुभयो । 

IMG_20260218_101734-1771429655.jpgसीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व उपाध्यक्ष तथा चीन मामिला जानकार काजिराज गौतमसँग कानेपोखरीमा

आजै सो टोलीले दमक बजारमा प्रतिनिधी सभाका लागि झापा निर्वाचन क्षेत्र नम्वर ५ का तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङसँग पनि कुराकानी गरेको थियो । कुराकानीका क्रममा उम्मेदवार तामाङले जेनजी आन्दोलनले प्रत्येक पार्टीमा नयाँ पुस्ताको नेतृत्व चाहेको बताउनु हुँदै आफुले सोही चाहना पुरा गर्ने उद्धेश्यका लागि उम्मेदवारी दिएको जानकारी दिनुभयो । उम्मेदवार तामाङले मुलुकमा विद्यमान भ्रष्टाचारको अन्त्य र समृद्ध नेपाल निर्माणका लागि आफु जस्ता युवाहरु प्रतिनिधी सभामा पुग्नु आवश्यक भएको पनि बताउनु भयो । नीति र सिद्धान्त विनाका उम्मेदवार र पटक पटक चुनाव जितेका नेताबाट झापाली जनताको चाहना पुरा हुन नसक्ने ठोकुवा समेत तामाङले गर्नुभयो । 

WeChat-Image_20260218211054-1771429803.jpgदमकमा चीन मामिलाका जानकार तथा चर्चित होमियो पेथिक चिकित्सक नविन चापागाईले भ्रमण टोलीसँग 

भ्रमणका क्रममा टोलीसँग इटहरीमा आजै बिहान सीआरआईका पुराना श्रोता नारायण पोख्रेल, कानेपोखरीमा सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व उपाध्यक्ष तथा चीन मामिला जानकार काजिराज गौतम र दमकमा चीन मामिलाका जानकार तथा चर्चित होमियो पेथिक चिकित्सक नविन चापागाईले भ्रमण टोलीसँग समसामयिक विषयमा वार्ता गर्नुभएको थियो । 

IMG_20260218_080854-1771429948.jpg

सीआरआईका पुराना श्रोता तथा नेपाल चीन जनमैत्री परिषद्का केन्द्रीय सदस्य नारायण पोख्रेललाई अजम्बरी साईनो प्रदान गर्नुहुँदै रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेल

भ्रमणका क्रममा पत्रकारहरुको टोलीले भोलि बिहान विर्तामोड र भोलि दिउसो विराटनगरमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

IMG_20260218_110119-1771430350.jpgदमकमा चीन मामिलाका जानकार तथा चर्चित होमियो पैथिक चिकित्सक नविन चापागाईलाई अजम्बरी साईनो प्रदान गर्नुहुँदै रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेल


 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update