रे समाचार/काठमाडौं । चीन अध्ययन केन्द्र र चीनको चाइना पिक्टोरियल प्रकाशनको संयुक्त आयोजनामा ‘नयाँ शुरुवात, साझा दृष्टिकोण : नेपाल-चीन विकासको मार्गचित्र’ विषयमा नेपाल र चीनका विज्ञहरूको परिसंवाद कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ ।
चीन अध्ययन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा नेपाल र चीनका कूटनीतिज्ञ, विज्ञ तथा मिडिया प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उक्त परिसंवाद कार्यक्रमलाई चाइना पिक्टोरियल प्रकाशन अन्तर्गतको सिआइसिजीका उपाध्यक्ष वाङ सुओ, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल, चीन अध्ययन केन्द्रका महासचिव प्रा. डा. उपेन्द्र गौतम, चीन अध्ययन केन्द्रका कोषाध्यक्ष तथा नेपाल एकेडेमीका पूर्व कुलपति प्रा. गंगाप्रसाद उप्रेती, चीन अध्ययन केन्द्रका सल्लाहकार प्रा. डा. मोहन लोहनी तथा चीन अध्ययन केन्द्रका सचिव प्रकाश बाबु पौडेलले नेपाल र चीनबीचको सम्बन्धको विविध आयामबारे विचार राख्नुभएको थियो ।
परिसंवाद कार्यक्रममा नेपाली विज्ञ तथा पत्रकारहरूले नेपालको जेनजी आन्दोलन पश्चातको राजनीतिक अवस्थामा चीनको दृष्टिकोण, नेपाल-चीनका विज्ञहरूका बीचमा आपसी संवाद तथा आदान-प्रदानलाई कसरी अझ व्यापक र मजबुत पार्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणाहरू राख्नुभएको थियो ।
मन्तव्य राख्नुहुँदै चाइना पिक्टोरियल प्रकाशन अन्तर्गतको सिआइसिजीका उपाध्यक्ष वाङ सुओ ।
मन्तव्य राख्नुहुँदै चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल ।
मन्तव्य राख्नुहुँदै चीन अध्ययन केन्द्रका कोषाध्यक्ष तथा नेपाल एकेडेमीका पूर्व कुलपति प्रा. गंगाप्रसाद उप्रेती ।
छलफलमा व्यस्त विज्ञहरू ।
