RayNewsDaily
प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न   

काठमाण्डू । प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुईदिनेनेपाल प्रहरी रणनीतिक सम्मेलन२०८२सम्पन्न भएको प्रहरी व्यवस्थापन परिचालनः विद्यमान चुनौती भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक सम्मेलन सोमबार सम्पन्न भएको हो     
    
 दुईदिने सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण समन्वय, अन्तरराष्ट्रिय, क्षेत्रीय राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती प्रहरी रणनीति, अपराधका पारम्परिक नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य सुधारः नेपाल प्रहरी नागरिक सम्बन्धको रूपान्तरणको विषयमा गहन छलफल भएको थियो     
    
 यस्तै, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापनमा प्रथम उद्धारका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवद्र्धनमा प्रहरी भूमिकालगायत विषयमा सहभागी विषय विज्ञबीच बृहत् रूपमा छलफल एवं अन्तरक्रिया भएको प्रहरी प्रधान कार्यालयले जनाएको     
    
 उक्त सम्मेलनमा नेपाल प्रहरीको कार्य समीक्षा यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक बाह्य चुनौतीको समग्र मूल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य कार्यान्वयनयोग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव मार्गदर्शन प्राप्त गरिएको थियो     
    
 यसैगरी, विद्यमान सङ्गठन सञ्चालनको अवस्था सुधारका उपाय समीक्षा गर्दै प्रभावकारिता कार्यकुशलता अभिवृद्धिका उपाय पहिचान गर्नु एवं नेपाल प्रहरीप्रतिको दृष्टिकोण जनअपेक्षाका सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रमा सुधारका उपाय पहिचान गरिएको थियो     
    
 सम्मेलनको समापनसत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा सहभागीको व्यावसायिक एवं व्यावहारिक ज्ञान, दक्षता अनुभवका साथै दृष्टिकोण तथा सुझावबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गर्नुभयो     
    
 उहाँले प्रविधिका माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखापरेका नवीनतम चुनौती समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको यस्ता अपराध नियन्त्रण गर्न नागरिकको रचनात्मक सहयोगको निरन्तर आवश्यकता रहेको बताउनुभयो     
    
 प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु प्राप्त सुझाव आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवं वृत्तिविकासमा मार्गदर्शक हुने बताउनुभयो     
    
 सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार नागरिकको प्रहरीप्रतिको विश्वासमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो यसैबीच सोमबार प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान शान्तिसुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको     
    
 उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भए पनि सञ्चारमाध्यम लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा राज्य तथा नागरिकबीचको सन्देश वाहकका रूपमा स्थापित संस्था भएको बताउनुभयो उहाँले कुनै पनि घटनाक्रमबारे सर्वसाधारणको पहिलो धारणा सञ्चारमाध्यममार्फत निर्माण हुनेहुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्यतथ्य, सन्तुलित जिम्मेवारीमा आधारित हुनु जरूरी रहेको बताउनुभयो     
    
 उहाँले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक भएर डिस इन्फर्मेसन हुने, डिप फेक एआईको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटो सामग्रीले बढावा पाइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो     
    
 प्रहरी महानिरीक्षक कार्कीले सञ्चारमाध्यम प्रहरीले आपसी सम्मान, निष्पक्षता, व्यावसायिकता, संस्थागत मर्यादा आचारसंहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो उहाँले सञ्चारमाध्यमसँग भएको अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्तिसुरक्षा सञ्चारमाध्यमबीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो    रासस

 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update