RayNewsDaily
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह   

काठमाण्डू । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।    
    
निगमले आज विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको हो ।    
    
आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उहाँले बताउनुभयो ।    
    
काठमाण्डू उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ । रासस    

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update