RayNewsDaily
अभिनेता सुनिल थापाको निधन


    राष्ट्रिय समाचार समिति ()   
काठमाडौँ, २४ माघः अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको     
    
आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताउनुभयो  
    
बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भन्नुभयो     
    
अभिनेता थापाका श्रीमती, एक छोरा एक छोरी हुनुहुन्छ उहाँको परिवारका सदस्यहरु भारतको मुम्बईमा बस्नुहुन्छ, अध्यक्ष निरौलाले भन्नुभयो     
    
लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा सम्मान दिलाउन सफल थापाराते काइँलापात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो उहाँ शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो    रासस 

 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update