RayNewsDaily
पुस्तक चर्चा : एक फिरन्तेको जीवन कथा

कृष्ण अधिकारी/काठमाण्डू । पछिल्लो समय आत्मकथा लेख्ने लेखाउने क्रम बढ्दै जाँदा अधिकांशले आफ्नो वास्तविक पक्षभन्दा बनावटी प्रसङ्गलाई बढी प्राथमिकता दिएर लेखिएका पुस्तकहरू बजारमा धेरै पाइन्छ यसमा अपवादको रूपमा रहेको कृति होएक फिरन्तेको चट्याङे जीवन श्याममोहन श्रेष्ठको आत्मकथाएक फिरन्तेको चट्याङे जीवननेपाली आत्मकथात्मक साहित्यमा फरक स्वाद धार बोकेको कृति हो यो पुस्तक केबल लेखकको व्यक्तिगत जीवनकथा मात्र नभई नेपाली समाज, राजनीति, पत्रकारिता बौद्धिक यात्राको जीवन्त अभिलेख हो     
    
 आत्मकथा लेख्नु आफैँमा ज्यादै खतरनाक रहर हो आफ्नो मात्र प्रशंसा गरेर लेख्दा पाठक खुसी नहुन सक्छन् भने आफूलाई इमान्दार भएर लेख्दा चिनजानका अधिकांश मानिसहरू पक्कै खुसी हुने छैनन् आत्मकथा लेखनका यस्ता समस्यालाई पनि पन्छाउँदै श्याममोहन श्रेष्ठले आफ्नो जीवनका यथार्थतालाई इमानदारीपूर्वक राख्नुभएको यस किसिमको लेखनीले नेपालको सामाजिक ज्ञानको भण्डारलाई फराकिलो बनाउँछ यो आत्मकथाको प्रमुख विशेषता यसको इमान्दार प्रस्तुति हो         
 पुराना पर्यटन व्यवसायी श्याममोहनको यस जीवनकथामा करिब ५० वर्षअघि आफ्नो युवावस्थामा गर्नुभएको रोमाञ्चक एवं साहसी काठमाडौँपेरिसकाठमाडौँ स्थलयात्राको विवरण सोसँग जोडिएका प्रसङ्गहरूलाई छर्लङ्ग पारिएको पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति आत्मखोजको रोमाञ्चक दस्ताबेज बनेको पुस्तकका लेखकले आफ्नो जीवनलाई खुला पुस्तकका रूपमा प्रस्तुत गर्नुभएको समाजले कोरेका ठीक, बेठीक आदि नैतिक परिधिको साँधसीमामा नबाँधिइकन निर्धक्कपूर्वक लेखिएको यस पुस्तकले आत्मकथा लेखनमा नयाँ आयाम ल्याएको महत्वाकांक्षी सोच राख्नुहुने लेखकले जीवनका घटना अनुभवलाई कति पनि नलुकाइकन राखेकै कारण पुस्तकले जीवन्तता पाएको     
    
 अत्यन्त सहज रूपमा आफ्नो जीवनका सबै घटनालाई साहसपूर्वक खुलेर लेखिएको यसले उपन्यासको झझल्को दिन खोजेको आफ्नो जीवनलाई खुला पुस्तकका रूपमा प्रस्तुत गरेको समाजले कोरेका ठीक, बेठीक आदि नैतिक परिधिको साँधसीमामा नबाँधिइकन लेखेको बताउनु हुने लेखकमा लेखकीय परिपक्व नवीन शैली पाउन सकिन्छ उतारचढावमय जीवनकथाका सप्तरंगीहरूलाई सरल ढङ्गबाट प्रस्तुत गरिरहँदा धेरै ठाउँमा ऐतिहासिक प्रसङ्गहरूलाई उल्लेख गर्न छुटाउनुभएको छैन उहाँका पुराना मित्र विद्वान् केदारभक्त माथेमाले पुस्तकमा पुस्तकमा श्याममोहनले जीवनका रङहरू सबै पोखिने गरी लेखेको ती मनोहर रहेको बताएको उल्लेख गर्नुभएको उहाँ भन्नुहुन्छ, ‘‘लेख्न धेरैले लेख्छन् तर यति धेरै खुलेर, अन्तरङ्ग कुराहरू खुल्ने गरी कमै व्यक्तिले लेख्न सक्छन् ’’    
    
 साहसिक पेरिस यात्रासँग जोडिएको यस पुस्तकमा नेपालफ्रान्स सम्बन्धका अनेकन पाटाहरू उजिल्याएको झण्डै ३० वर्ष एयर फ्रान्समा काम गर्नुभएका उहाँले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई जनस्तरमा र्फैलाउन उत्तिकै भूमिका खेल्नुभएको पाइन्छ नेपालफ्रान्स सम्बन्धमा विशेष भूमिका खेलेवापत उनले सन् २०१९ मा फ्रान्स सरकारको सर्वोच्च नागरिक सम्मानसभालियँ दँ लोर्द नेसियोनाल ला लेजियों दोनोर्प्राप्त गर्नुभएका उहाँ नेपालफ्रान्स उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ साथै, काभ्रेको धुलिखेलमा मिराबेल होटल खोलेर पर्यटन व्यवसायमा उत्तिकै महत्त्वपूर्ण योगदान रहेको     
    
 यो पुस्तकले युवा पुस्तालाई सुरक्षित बाटोभन्दा असहज तर सत्यको खोजमा निस्कन प्रेरित गर्छ समाजमा आफ्नो स्थान खोज्न सङ्घर्ष गरिरहेका युवा पुस्ताका लागि अत्यन्त उपयोगी यस पुस्तक जीवनमा निरन्तर अगाडि बढ्ने तर कहिल्यै हार नमान्नेको जीवनकथा बनेको पढ्न थालेपछि नसकुन्जेल छाड्न नसकिने गरी पठनीय बनाउन सक्नुले लेखकीय क्षमतालाई देखाउँछ पुस्तकको अद्योपान्त अध्ययन गर्दा उहाँको जीवन प्रारम्भदेखि नै सङ्घर्ष, खोज प्रश्नले भरिएको     
    
 पुस्तकमा लेखकको फिरन्ते स्वभाव केवल भौगोलिक यात्रासँग सीमित छैन, विचार, दर्शन जीवन दृष्टिकोणमा समेत अस्थिर देखिन्छ समग्रमा, यो पुस्तक एउटा व्यक्तिको आत्मकथा मात्र नभई एउटा समय, प्रवृत्ति चेतनाको कथा पनि हो भन्ने आधारहरू धेरै छन्     
    
 पुस्तकको अङ्ग्रेजी संस्करण एन ओभरल्यान्ड ओडिसील्याएर अङ्ग्रेजी पाठकलाई समेत सहज पार्नुभएको आफ्नो जीवनको आरोह, अवरोहका बारेमा भावी पिंढीलाई थाहा दिन नेपाली अङ्ग्रेजी दुवै भाषामा प्रकाशित दुवै पुस्तकमा झण्डै आठ दशक लामो जीवन यात्राका रोचकघोचक प्रसङ्गहरू इमान्दारीपूर्वक समेटिएका छन् यी पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति आत्मखोजको रोमाञ्चक दस्तावेजको रूपमा लिन सकिन्छ इन्डिगो इन्कले प्रकाशनमा ल्याएको नेपाली पुस्तकको मूल्य ७९९ अङ्ग्रेजीको मूल्य ५९९ रूपैयाँ रहेको     

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update