RayNewsDaily
आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने   

काठमाण्डू । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू-भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।    
    
आज दिउँसो तराई भू-भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।    
    
यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ । रासस   
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update