RayNewsDaily
पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

काठमाण्डू । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाण्डू स्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।” स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।  रासस

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update