RayNewsDaily
चलचित्र पत्रकार सिटौलाको निधन

काठमाण्डू । चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । उहाँको धापासीस्थित ग्राण्डी अस्पतालमा आज निधन भएको हो ।

अस्पतालले आज पत्रकार सम्मेलन गरेर ४५ वर्षीय सिटौलाको निधन भएको जानकारी दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम जानुभएका सिटौला बेहोस भएपछि उपचारका लागि शुक्रबार उक्त अस्पताल भर्ना हुनुभएको थियो ।

 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update