RayNewsDaily
आजको मौसम : कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना   

रेसमचार/काठमाण्डू । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    
    
आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।    
    
महाशाखाका अनुसार तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।    

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update