RayNewsDaily
हिमाली र उच्च पहाडी भेकमा हिमपात (फोटो फिचर)
डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा भएको हिमपात । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः लेखबहादुर बुढा/रासस

रे समाचार/काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज नेपालको उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ भने पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ ।

हिमपातका कारण उच्च पहाडी र हिमाली भेकको जनजीवन नराम्ररी प्रभावित भएको छ । हिमपातपछि बालीनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् ।

Dolpa-himpat-snow-2-1769591099.jpgडोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा भएको हिमपात । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः रासस

Dolpa-himpat-snow-3-1769591211.jpgडोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा भएको हिमपात । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः रासस

Dolpa-himpat-4-snow-1769591806.jpgडोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा हिउँ परेपछि चौपायालाई न्यानोस्थलतर्फ लगिँदै । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः रासस

Mustang-kagbeni-himpat-snow-1769591971.jpgमुस्ताङको वारागुङ मुक्तिक्षेत्र- कागबेनी बजारमा परेको हिउँ हिउँ परेपछि जनजीवन प्रभावित भएको तस्बिरः सुन्दरकुमार थकाली/रासस  

Mustang-hiu-panchhaudai-police-1769592579.jpgमुस्ताङको कागबेनी-मुक्तिनाथ सडकमा जमेकाे हिउँ पन्छाउँदै सशस्त्र प्रहरी बलको टोली । तस्बिर : रासस

Mustang-himpat--1769591322.jpgमुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा परेको हिमपात । यहाँ मङ्गलबार रातिदेखि भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।तस्बिर : रासस

Mustang-himpat-snow-2-1769591435.jpgमुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा परेको हिमपात । यहाँ मङ्गलबार रातिदेखि भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।तस्बिर : रासस

Manang-himpat-snow-1769591556.jpgमनाङमा परेको हिमपात । सदरमुकाम चामे र माथिल्लो भेगमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः नवीन लामिछाने/रासस

Manang-himpat-2-snow-1769591663.jpgमनाङमा परेको हिमपात ।सदरमुकाम चामे र माथिल्लो भेगमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः रासस

Rukum-himpat-snow-1769592105.jpgरुकुम पूर्व र बागलुङको सिमानास्थित पातिहाल्नामा भएको हिमपात। हिमपातका करण जनजीवन प्रभावित हुनुका साथै मध्यपहाडी लोकमार्ग अवरुद्धभएको छ । तस्बिरः सर्जना कार्की/रासस

Myagdi-beni-gurja-himpat-1769592232.jpg

म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा भएको हिमपात । हिउँ परेपछि खेती राम्रो हुने भयो भनी किसान खुसी भएका छन् । तस्बिरः कमल खत्री/रासस

Baitadi-himpat-snow-1769592357.jpgहिमपातपछि सेताम्मे देखिएकाे बैतडीकाे सिगास गाउँपालिका-९ बाटुले टोल आसपासको क्षेत्र । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । तस्बिर : डम्बर बोहरा / रासस

Baitadi-himpat-2-1769592464.jpgहिमपातपछि सेताम्मे देखिएकाे बैतडीकाे सिगास गाउँपालिका-९ बाटुले टोल आसपासको क्षेत्र । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । तस्बिर : रासस

Humla-himpat-snow-1769592758.jpgहुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपासका क्षेत्र । हिमपातसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ । तस्बिर : दाने बोहरा / रासस

Humla-himpat-2-snow-1769592869.jpg

हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपासका क्षेत्र । तस्बिर : रासस

Humla-limi-himpat-snow-1769594664.jpg

हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी उपत्यकास्थित हल्जी गाउँलगायत आसपासको क्षेत्रमा भएको हिमपात । तस्बिरः दाने बोहरा/रासस

 
 
 

 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update