RayNewsDaily
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन   

ढोरपाटन (बागलुङ) ।  हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो ।    
    
लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए । अहिले पूर्वी रुकुमतर्फबाट जेसिबीको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन भएका इलका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो ।    
    
 हिले लोकमार्ग अवरुद्ध हुँदा काठमाण्डूबाट रुकुमपूर्व, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका लागि छुटेका साना तथा ठूला सवारीसाधान बीचबाटोमै फसेका थिए । हिउँमा गाडी फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका थिए । जेसिबीले हिउँ पन्छाएपछि लोकमार्ग सञ्चालनमा आएको उहाँको भनाइ छ । पातीहाल्नेसहित बागलुङको निसीखोला, ढोरपाटनलगायत माथिल्लो स्थानमा पनि हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । रासस   
 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update