RayNewsDaily
भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार   

काठमाण्डू । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ ।    
    
 गृह मन्त्रालयमा हिजो (मंगलबार) अपराह्न आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले गृहमन्त्रालयलाई ६१ वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो ।    
    
 पहिलो चरणमा ६१ वटा गाडी ल्याइएको र बाँकी गाडी क्रमशः आउने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । भारत सरकारले ३८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।    
    
 निर्वाचन अघि नै भारतले ३८८ वटा गाडी उपलब्ध गराउने जनाएअनुसार आउने क्रममा रहेको र आज ६१ वटा गाडी मन्त्रालयले प्राप्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।    
    
 उहाँले यसरी गाडी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो । उक्त सवारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने गृहमन्त्रीले बताउनुभयो । रासस   
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update