RayNewsDaily
मेचीनगरमा प्रथम भक्का उत्सव    

झापा । मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन् । मेचीनगर-७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भक्का बनाइएको हो ।     
     
रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भक्कालाई प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताउनुभयो । भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भक्का उत्सवले पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताउनुभयो । उहाँले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोबास रहेको जानकारी दिनुभयो ।     
     
Bhakka-1768125517.webp
नगरका १५ वटै वटाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले भक्काका परिवारका बनाएका छन् । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भक्का खाने पुरानो चलन हो । धानको पीठोबाट बनाइएको भक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ ।     
     
मङ्सिरबाट जिल्लाका काँकरभिट्टा, इँटाभट्ट, बिर्तामोड, भद्रपुर, दमकलगायत सहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक तथा बजारमा भक्का बनाएर राजवंशीलगायत अन्य समुदायले बिक्री गर्दै आएका छन् । पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भक्का खानु स्वास्थ्यका लागि अति उत्तम हुने मेचीनगर नगरपालिका-७ वडाध्यक्ष प्रल्लाद ओलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरका राजवंशी समुदायले यही पुस २९ गतेलाई भक्का दिवसका रूपमा नौ वर्षदेखि मनाउँदै आएका छन् । रासस

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update