RayNewsDaily
हात्ती पूजा गरी वनभोज खुवाइयो    

नारायणगढ (चितवन) । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित बनभोज खुवाइएको छ ।     
     
महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार, अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवान्को रुपमा पूजन गरिएको हो । धार्मिक गुरुहरूको उपस्थितिमा फूल माला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो ।     
     
पूजापछि हात्तीलाई विभिन्न परिकारहरू खुवाइएको थपलियाले बताउनुभयो । वनभोजमा कुची, सक्खर, पाउरोटी, उखुलगायत हात्तीलाई मनपर्ने १६ प्रकारका खानेकुरा राखिएको थियो । आजै हात्ती पेनाल्टी प्रतियोगिता पनि सम्पन्न भयो । प्रतियोगितामा लक्ष्मीकली प्रथम हुन सफल भइन् ।  रासस

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update