RayNewsDaily
चिसोले महोत्तरीका विद्यालय बन्द    

जलेश्वर (महोत्तरी) । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोष्णा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।     
     
स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई दुईदेखि तीन दिन बिदाको घोषणा गरेका छन् । स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन् ।     
     
तराई-मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ । अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । रासस

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update