RayNewsDaily
‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक   

काठमाण्डू । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ ।    
    
 कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।    
    
 टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ ।    
    
 गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीत÷संगीतका स्रोतालाई एउटा फरक स्वाद दिने संगीतकार लम्सालको विश्वास छ । रासस   

 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update