रे समाचार/काठमाण्डू । नेपालको राजधानी काठमाण्डू र पर्यटकिय राजधानी पोखरामा नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टर (Nepal 999 Emergency Rescue Center) ले आधिकारिक रूपमा सञ्चालन सुरु गरेको छ । तिब्बत ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टर र ओभरसिज फ्रेन्डशिप इन्टरनेशनल अस्पतालले संयुक्त रूपमा स्थापना गरेको आपतकालीन उद्धार संस्थाले नेपालमा पनि सेवा विस्तार गरेको हो ।

यस उद्धार केन्द्रले नेपालमा एयरो-मेडिकल उद्धार, अन्तर्राष्ट्रिय चिकित्सा सेवा, शव दुवानी र उच्च हिमाली क्षेत्रको आपतकालीन चिकित्सा सेवा प्रदान गर्नेछ । यस क्षेत्रमा नयाँ युगको सुरुवातको रुपमा यसलाई हेरिएको छ ।
हिमालयको भौगोलिक परिवेश भएको नेपालमा हरेक वर्ष करिब २० लाख पर्यटक पर्वतारोहणका लागि आउने गर्छन् । यी जोखिमयुक्त र चुनौतीपूर्ण पदयात्रा गतिविधिको गर्दा लेक लाग्ने, चोटपटक लाग्ने वा मृत्यु हुने घटनाहरू हुने गरेका छन् । यस केन्द्रको स्थापनाले अब उच्च हिमाली क्षेत्रमा हुने राहत र उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टरको स्थापनाले नेपाल आउने सबै पर्यटक र स्थानीय बासिन्दाहरूलाई विश्वसनीय सुरक्षा कवचको काम गर्ने केन्द्रले विश्वासले जनाएको छ ।

यस केन्द्रको मुख्य विशेषता यसको शक्तिशाली एयरो-मेडिकल उद्धार क्षमता रहेको छ । हवाई आइसीयू र सञ्चालनशील अस्पतालको अवधारणा अन्तर्गत उद्धार टोली हेलिकप्टर, फिक्स्ड-विंग विमान र उच्चस्तरीय एम्बुलेन्समा छिटो स्थापना गर्न सकिने विशेष उपकरणहरू ह्यामिल्टन र रेस्मेड भेन्टिलेटर, एयरो-सक्सन, एयरो-अक्सिजन जनरेटर, एयरो-नेगेटिभ प्रेशर स्ट्रेचर, एयरो-डिफिब्रिलेटर मोनिटर, नवजात शिशु एयरो-ट्रान्सपोर्ट इनक्युबेटर, हाई-फ्लो अक्सिजन थेरापी उपकरण, बीरन इन्फ्युजन पम्प, आदि बाट पूर्ण रुपमा तयारी छन् । यसले घटनास्थलदेखि अस्पतालसम्म, नेपालदेखि विश्वभरको स्थानान्तरणमा पनि निरन्तर, सुरक्षित र उच्च गुणस्तरको चिकित्सकीय हेरचाह सुनिश्चित गर्दछ ।
केन्द्रले ७ दिन २४ सै घण्टा सेवा प्रदान गर्नेछ । गल्फस्ट्रीम ५५० जस्ता व्यावसायिक जेटहरू तथा नागरिक उड्डयनको ठूला विमानहरूमा स्ट्रेचर सुविधाको उपलब्ध हुन्छ भने केन्द्रले नेपालभित्र अन्तर्राष्ट्रिय शव र अस्थिपञ्चर ढुवानी गर्ने सरकारी अनुमति पनि प्राप्त गरिसकेको छ ।

तयारी र प्रारम्भिक सञ्चालन चरणमा, केन्द्रले तिब्बत ९९९ को सहकार्यमा धेरै चुनौतीपूर्ण अन्तर्राष्ट्रिय स्थानान्तरण कार्यहरू सफलतापूर्वक सम्पन्न गरि सकेको छ ।
गम्भीर अवस्थाको बिरामीलाई हेलिकप्टर र ग्राउन्ड एम्बुलेन्सको सहकार्यद्वारा पोखराबाट चीनको शानतोङ प्रान्तको अस्पतालमा सुरक्षित स्थानान्तरण, तिब्बतमा निधन भएको भारतीय पर्यटकको शव भारत सम्म स्थानान्तरण, ल्हासाबाट रुस र बेलारुसमा दुई वटा शव स्थानान्तरण, ल्हासामा गम्भीर अवस्थामा रहेको नेपाली नागरिकलाई नेपाली दूतावासको समन्वयमा काठमाडौं सुरक्षित फिर्ता, यी उदाहरणहरूले दक्षिण एसियालाई केन्द्रित गरी युरेशियामा फैलिएको अन्तर्राष्ट्रिय उद्धार सञ्चारको रूपरेखा तयार जस्ता विशेष कार्य केन्द्रले गरि सकेको छ ।
नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टरले अन्तर्राष्ट्रिय र नेपालभित्र चिकित्सा स्थानान्तरण, शव र अस्थिपञ्चर अन्तर्राष्ट्रिय ढुवानी र घटनास्थल आपतकालीन उद्धार र उच्च हिमाली भेगमा विशेष उद्धार जस्ता सेवाहरू प्रदान गर्नेछ । केन्द्रमा चीन, नेपाल, भारत लगायतका देशहरुका श्वासप्रश्वास, गम्भीर रोग, आपतकालीन चिकित्सा जस्ता विभिन्न विषयका विशेषज्ञहरू रहेका छन् । जसले बहुभाषिक सेवा प्रदान गर्न र जटिल आपतकालीन परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्न सक्ने केन्द्रले बताएको छ ।
नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टरले नेपाल सरकार, चिकित्सा संस्था, पर्यटन निकाय तथा सामाजिक सङ्गठनहरूसँग सहकार्य बढाएर नेपालको समग्र आपतकालीन चिकित्सा र पर्यटन सुरक्षाको स्तर उकास्न प्रयास गर्ने जनाएको छ । यसबाट प्रत्येक पर्यटकले यहाँको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई निश्चिन्त भएर अनुभव गर्न सक्नुका साथै स्थानीय आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने केन्द्रको लक्ष्य रहेको छ ।
केन्द्रले सम्पर्क र उद्धारका लागि नेपाल उद्धार फोनः +९७७ ९७००३३३९९९ र ९८५१३३७९८९ र चीनभित्रको सहयोगका लागि ०८९१–९६३३०/१७७८९९९३९९९ सार्वजनिक गरेको छ ।
