पूर्वप्रम खनाल पत्नीको स्वास्थ्य सुधारोन्मुख
काठमडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
गत साता भारतमा उपचार गराएर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुग्नु भएको हो । उहाँको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रम खनालले दिनुभएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ १४:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
