RayNewsDaily
देशका अधिकांश भागमा आज मौसम सफा रहने    

काठमाडौँ  । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।     
आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।     
     
महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।     
     
काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update